Sukuna Khabar

Localness, Development and Promotion

Latest News

This produces the correct color bar, bar link, carets, and bar hover effects.

अवार्डका लागि मनोनयनमा परेका खेलाडी र क्लबको नाम सार्वजनिक

Posted on: January 14, 2018 at 12:19 pm, in  खेलकुद समाचार  

झापा, ३० पुस । खेलकुद पत्रकार मञ्च झापाले विर्तामोडमा वितरण गर्ने झापा स्पोर्ट्स अवार्डका लागि १२ खेलाडी र ३ वटा क्लब मनोनयनमा परेका छन् ।

खेलकुद पत्रकार मञ्च झापाले मनोनयनमा परेका खेलाडी र क्लबको नाम आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । चारवटा विधा प्रत्येकमा ३ जनाका दरले र तीनवटा टीमको मनोनयन गरिएको मञ्चले जनाएको छ । मञ्चको प्रतिभा छनोट समितिका संयोजक पर्वत पोर्तेलले मनोनयनमा परेका खेलाडी र टीमको नाम घोषणा गर्नुभएको हो । वर्ष उत्कृष्ट खेलाडी पुरुषका लागि विभिन्न विधाका ८ जना खेलाडीलाई सूचीमा राखेर तीमध्ये फुटबल खेलाडी विशाल राई (बी) र योगेश गुरुङ तथा बुद्धिचालका भूपेन्द्र निरौलालाई मनोनयन गरिएको संयोजक पोर्तेलले बताउनुभयो । त्यस्तै वर्ष उत्कृष्ट खेलाडी महिलाका लागि पनि विभिन्न विधाका ४ जना सम्भावित खेलाडीलाई सूचीमा राखेर तीमध्ये क्रिकेटका रुविना क्षेत्री, करातेका एस्तर राई र बक्सिङका सुलप मगर मनोनयनमा परेको जनाइएको छ । यस्तै युवा वर्ष खेलाडीका लागि सम्भावित सूचीमा राखिएका १० जना खेलाडीमध्ये फुटबलका देवेन्द्र तामाङ र पूजन उपरकोटी तथा क्रिकेटका सवनम राईलाई मनोनयन गरिएको छ । झापा स्पोर्ट्स अवार्ड २०७३ प्रदान गरिने अर्को विधा वर्ष उत्कृष्ट प्रशिक्षकको रुपमा फुटबलका सञ्जय राई, क्रिकेटका मनोज कटुवाल र कराँतेकी सीता राई मनोनयनमा परेको जनाइएको छ । पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड एफसीको नाम मनोनयनमा परेको छ । स्पोर्ट्स अवार्डबाट विभिन्न विधाका ४ जना खेलाडीसहित एउटा टीम हरेकले नगद १५ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउनेछन् ।


Latest Videos

Jindagi Ko Sawal By Swoorup Raj Acharya

  Thursday, May 26 2016   Posted by: User

News Videos

Makalu Bisess @ kosaraj Naupaney Pkg 2 74 10 05

Posted on: January 31, 2018 at 7:32 am

Makalu Bisess @ kosaraj Naupaney Pkg 2 74 10 05

Posted on: January 31, 2018 at 7:29 am

Sansad Haruko Pratibadhata Report

Posted on: January 27, 2018 at 10:04 am

BP Ma Rehav Center Report

Posted on: January 27, 2018 at 9:42 am

More News Video...

Watch Live

Follow us on Facebook

जनमत


© Nepal Exchange Rates

सुनचाँदी

Featured Gallery

Back to Top