आर्सनल लिग कप फुटबलको फाइनलमा

(एजेन्सी)/ लण्डन प्रतिद्वन्द्वी चेल्सीलाई हराउँदै आर्सनल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति आर्सनलको मैदानमा भएको सेमिफाईनल दोस्रो लेगको खेलमा घरेलु टोली २–१ ले विजयी भयो । पहिलो लेगमा गोलरहित बराबरी खेलेका दुई टोलीबीच गएराती भएको भिडन्तमा चेल्सीले अग्रता लियो । सातौं मिनेटमै एडिन हाजार्डले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिए । तर १२ औं मिनेटमा एन्टोनियो रुडिगरले आत्माघाति गोल गरेपछि आर्सनलले खेलमा बराबरी गर्ने अवसर पायो । ६० औं मिनेटमा ग्रानिट झाकाले एक गोल थप्दै आर्सनललाई विजयी गराए । जितसँगै आर्सनलले म्यान्चेस्टर सिटी विरुद्धको उपाधि भिडन्त तय गर्यो ।
पहिलो सेमिफाइनलमा ब्रिस्टोल सिटीलाई पाखा लगाउँदै म्यान्चेस्टर सिटी काराबाओ कप पनि भनिने लिग कप फुटबलको फाइनलमा पुगेको थियो ।९एजेन्सी०






