Sukuna Khabar

Localness, Development and Promotion

Latest News

This produces the correct color bar, bar link, carets, and bar hover effects.

एमालेले टुंगो लगायो राष्ट्रियसभाका उम्मेद्वारको नाम

Posted on: January 23, 2018 at 8:40 am, in  मुख्य समाचार राजनीति  

भक्तपुर / नेकपा एमालेले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र ७ का उम्मेदवारको टुंगो लगाएको छ ।

गायिका कोमल वलीलाई राष्ट्रियसभामा पठाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र७ का उम्मेदवारको टुंगो लगाएको हो । गायिका वलीलाई प्रदेश ५ को महिला सदस्यमा उम्मेदवार बनाउने निर्णय भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भएको छ । वली चुनावको केही अघि एमाले प्रवेश गर्नु भएको थियो । राप्रपाबाट एमाले प्रवेश गर्नुभएकी उहाँले प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि वागी उम्मेदवारी समेत दिनुभएको थियो । तर, एमाले नेतृत्वले फिर्ता गराएका थिए । १, २, ३ र ४ नम्बर प्रदेशका उम्मेदवारहरू भने छनोट हुन बाँकी रहेको जनाइएको छ । वाम गठबन्धनले ४३ सिटको भागवण्डा गरेको छ, जसमा २९ एमालेको भागमा परेको छ । बाँकी उम्मेदवार आज चयन गरिने बताइएको छ ।


Latest Videos

Jindagi Ko Sawal By Swoorup Raj Acharya

  Thursday, May 26 2016   Posted by: User

News Videos

Makalu Bisess @ kosaraj Naupaney Pkg 2 74 10 05

Posted on: January 31, 2018 at 7:32 am

Makalu Bisess @ kosaraj Naupaney Pkg 2 74 10 05

Posted on: January 31, 2018 at 7:29 am

Sansad Haruko Pratibadhata Report

Posted on: January 27, 2018 at 10:04 am

BP Ma Rehav Center Report

Posted on: January 27, 2018 at 9:42 am

More News Video...

Watch Live

Follow us on Facebook

जनमत


© Nepal Exchange Rates

सुनचाँदी

Featured Gallery

Back to Top