Sukuna Khabar

Localness, Development and Promotion

Latest News

This produces the correct color bar, bar link, carets, and bar hover effects.

चितवनमा फरार कैदि र प्रहरीविच गोली हानाहान

Posted on: January 28, 2018 at 8:22 am, in  मुख्य समाचार  

चितवन /डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भनिने टिकाबहादुर थापा पक्राउ परेका छन् ।
पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीको जवाफी फायरिङमा उनी आफैं घाइते भएका छन् ।

टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो । चितवन प्रहरी प्रमुख दिपक थापाका अनुसार उनलाई दुई गोली लागेको छ । हात र तिघ्रामा गोली लागेका उनलाई स्थानीय अस्पतालमा सामान्य उपचार गरेर काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ ।

विभिन्न अपराधिक घटनामा संलग्न टिके माघ ४ गते डिल्लीबजार कारागारबाट भागेका थिए । टिके मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले रामनगरमा चेकजाँच गरेको थियो । ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर खोलेका थिए । जवाफी फायररिङ गर्दा उनको तिघ्रा र हातमा गोली लागेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिनुभयो । मोटरसाइकल चालक भने फरार रहेका छन् ।

घटनामा घाइते भएका टिकेलाई प्रहरीले भ्यानमा हालेर भरतपुर अस्पताल लगेको थियो ।


Latest Videos

Jindagi Ko Sawal By Swoorup Raj Acharya

  Thursday, May 26 2016   Posted by: User

News Videos

Makalu Bisess @ kosaraj Naupaney Pkg 2 74 10 05

Posted on: January 31, 2018 at 7:32 am

Makalu Bisess @ kosaraj Naupaney Pkg 2 74 10 05

Posted on: January 31, 2018 at 7:29 am

Sansad Haruko Pratibadhata Report

Posted on: January 27, 2018 at 10:04 am

BP Ma Rehav Center Report

Posted on: January 27, 2018 at 9:42 am

More News Video...

Watch Live

Follow us on Facebook

जनमत


© Nepal Exchange Rates

सुनचाँदी

Featured Gallery

Back to Top