बाणिज्य बैंकको बार्षिकोत्सवमा विराटनगरमा कार्यक्रम

विराटनगर / राष्ट्रिय बाणिज्य बैंकको ५३ औं बार्षिकोत्सवको अवसरमा विराटनगरमा विविध कार्यक्रम गरिएको छ ।
बार्षिकोत्सवको तीनदिने कार्यक्रमको दोश्रोदिन आज रक्तदान कार्यक्रम गरिएको छ । बैंकको क्षेत्रीय कार्यालय परिसर रानीमा आयोजित रक्तदानमा बैंकका क्षेत्रीय कार्यालयका कर्मचारीसहित विभिन्न शाखा कार्यालयका कर्मचारीले रक्तदान गरेका छन । बार्षिकोत्सव कार्यक्रम अन्र्तगतको पहिलोदिन हिजो बैंकका कर्मचारीबीच हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । जसमा देवकोटाचोक शाखा प्रथम,विराटनगर शाखा दोश्रो र क्षेत्रीय कार्यालय तेश्रो भएको छ । बिजयीहरुलाई भोलि बैंकको ५३ औ बार्षिकोत्सव मुल समारोह कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिने क्षेत्रीय कार्यालय रानीका गायत्रीप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।






