बुढासुब्बा गोल्डकप फुटवलमा आयोजक १–० पराजित

धरान/धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटवलको हिजोको खेलमा पाहुना टोली दुर्गापुर स्टिल फुटबल क्लब कलकत्ता विजयी भएको छ ।
दुर्गापुर स्टिल क्लवले आयोजक धरान फुटबल क्लबलाई सडेन डेथमा १–० गोल अन्तरले पराजित गरेको हो । निर्धारित समय २÷२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पनि दुवै टिमबाट तीन तीन गोल भएपछि आयोजकको टिम सडेन डेथमा पराजित भयो । सडन डेठमा आयोजक टिमका तिर्थ बस्नेतको प्रहार बाहिरियो भने कलकत्ताका मनिष थापाको गोल नै निर्णायक बन्यो ।
यसअघि खेलमा अग्रता भने धरान फुटवल क्लवले लिएको थियो । पहिलो हाफमा आयोजकको टिम २–० ले अगाडि थियो । दोस्रो हाफमा कलकत्ताले २ गोल फर्काए पछि खेल ट्राईब्रेकरमा पुगेको थियो ।
खेलको म्यान अफ द म्याच कलकत्ताका बाबुलाल हर्सत घोषित भए । आजको खेल विभागिय टोली नेपाल पुलिस क्लब र काकडभिट्टा फुटबल क्लब बीच हुनेछ ।






