सुनसरीमा चौधरी ग्रुपले १० अर्बको लगानीमा सीजि इण्डस्ट्रीयल पार्क बनाउने
Posted on: January 29, 2018 at 8:03 am, in आर्थिक समाचार मुख्य समाचारसुनसरी/चौधरी ग्रुपले सुनसरीको गढी गाउँपालिका औराबनीमा सीजि इण्डस्ट्रीयल पार्क बनाउने भएको छ । १० अर्बको लगानीमा निर्माण हुन लागेको औद्योगिक ग्रामको आइतबार उपप्रधानमन्त्री विजयकुमार गच्छदारले शिलान्यास गर्नुभएको छ ।
सुनसरीको गढी गाउँपालिकास्थित औराबनीमा २२ विगाहा क्षेत्रफलमा औद्योगिक ग्राम बन्न लागेको हो । एक नम्बर प्रदेश कै पहिलो कृषिसंग प्रत्यक्ष सम्बन्धीत औद्योगिक पार्क हुने उद्योगी विनोद चौधरीले बताउनुभयो । उक्त क्षेत्रमा १० वटा उद्योगहरु स्थापना हुने जनाइएको छ । पहिलो चरणमा एक सय करोडको लगानिमा वाइवाइ चाउचाउ र जुस उद्योग स्थापना गरिने उहाले बताउनुभयो ।
अबको नौ महिना भित्रमा चाउचाउ उद्योग संचालनमा ल्याउने गरी काम सुरुभएको उहाले जानकारी दिनुभयो ।
पहिलो चरणमा पाँच सय जनाले यस क्षेत्रमा प्रत्यक्ष रोजगारी पाउने छन् । भने मास्टरप्लान अनुसार सम्पुर्ण संरचना बनिसकेपछि कम्तीमा पनि पाँच हजारले यस क्षेत्रमा प्रत्यक्ष रोजगारी पाउने छन् ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्योगको विकासले यस क्षेत्रको मात्रै नभएर एक नम्बर प्रदेश कै आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
राजनितिक अस्थिरताको अवस्था अब नरहेको बताउँदै उहाँले अब सात वटै प्रदेशले आर्थिक रुपमा प्रतिष्पर्धा गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । त्यस्तै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले यस्ता औद्योगिक ग्रामहरुले त्यस क्षेत्रको सामाजिक र आर्थिक विकासमा ठूलो टेवा पुर्याउने बताउनुभयो ।
विकराल बन्दै गएको बेरोजगारीको समस्या समाधानका लागि यस्ता औद्योगिक ग्रामहरुले ठुलो भुमिका निर्वाह गर्ने उहाले बताउनुभयो । अब बन्ने नयाँ प्रदेश सरकारले विकास र रोजगारीको एजेण्डालाइ महत्वपुर्ण एजेण्डाका रुपमा लिएमा मात्रै उद्योगिहरुले काम गर्न सक्ने उद्योगि चौधरीको भनाइ छ ।
राजनितिक खिचातानीलाइ अब त्यागेर देश भित्रका सगंसगै बाहिरका उद्योगिहरुलाइ पनि यहाँ लगानिको वातावरण बनाउन जरुरी रहेको उहाको भनाइ छ ।






